ad ad

राजनीति


एमसीसीबारे चिनियाँ राजदूतः आर्थिक सहयोग हो भने स्वागत गर्नुपर्छ

एमसीसीबारे चिनियाँ राजदूतः आर्थिक सहयोग हो भने स्वागत गर्नुपर्छ

नेपालखबर
पुस १८, २०७६ शुक्रबार ६:४९,

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मार्फत् आउने सहयोग आर्थिक सहयाताको रुपमा स्वागत गर्नुपर्ने बताएकी छन्।

एमसीसी मार्फत् सहयोग लिने सम्झौता संसदबाट अनुमोदन गर्ने कि नगर्ने भन्नेबारे सत्तारुढ नेकपाभित्र विवाद चर्किरहेका बेला चिनियाँ राजदूतको यस्तो भनाई आएको हो।

‘नेपाल एउटा अल्पविकसित देश हो। नेपाललाई चीनबाट मात्र होइन, अन्य अन्तर्राष्ट्रिय समुदायबाट पनि विकासका लागि साथ सहयोग चाहिन्छ,’ उनले चिनियाँ दुतावासमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भनिन्, ‘नेपालका लागि आउने कुनै पनि प्रकारको सहयोगलाई हामी स्वागत गर्छौं, यदि यो आर्थिक सहयोगको अर्थमा हो भने।’

नेपालका राजनीतिक दलहरु, सरकार र संसदमा यसलाई अनुमोदन गर्नेबारे व्यापक छलफल भइरहेको र यसबारे नेपालले आफैं स्वतन्त्र निर्णय लिन सक्षम रहेको उनले बताइन्।

‘आर्थिक र व्यापारिक सहयोगबारे नेपालले आफैं निर्णय लिनसक्छ भन्ने हाम्रो विश्वास छ, अरु कुनै शक्तिले हस्तक्षेप गर्नु आवश्यक छैन’, चिनियाँ दुतावासले शुक्रबार बिहान बालुवाटारस्थित दुतावासमै आयोजना गरेको पत्रकार सम्मेलनमा राजदुत होउले भनिन्।

उनले आर्थिक क्षेत्रका लागि हुने यी सबै सहयोग समानताका आधारमा, नेपाली जनताको फाइदाका लागि र नेपालको राष्ट्रिय हीतका पक्षमा हुने विश्वास रहेको बताइन्।

‘तसर्थ एमसीसी अनुमोदन गर्ने प्रक्रियामा नेपाल सरकारले नेपालकै हीतमा एउटा सकारात्मक निर्णय लिनेछ भन्ने विश्वास छ’, होउले थपिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .