राजनीति


ओलीको प्रतिक्रिया : यो डेमोक्रेटिक होइन, साँठगाँठवाला सिस्टम हो

ओलीको प्रतिक्रिया : यो डेमोक्रेटिक होइन, साँठगाँठवाला सिस्टम हो

संसद भवनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
चैत ३, २०७९ शुक्रबार १३:४७, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले उपराष्ट्रपति निर्वाचनमा मतदान गरेका छन्। 

संसद भवन नयाँबानेश्वरमा जारी मतदानपछि उनले पत्रकारहरुसँग संक्षिप्त कुराकानी गरेका छन्। 

संसद भवनबाट बाहिरिने क्रममा सत्ता गठबन्धनतिर लक्षित गर्दै साँठगाँठमा रमा‌एको बताए। 

'यो डेमोक्रेटिक सिस्टम होइन, साँठगाँठवाला सिस्टम हो', उनले भने, 'साँठगाँठ गरेर अघि बढेका छन्।'

उनले केन्द्रबाट प्रदेशसम्म सत्ता गए पनि आफूहरुलाई फरक नपर्ने बताए। 'सत्ता गएर के हुन्छ, हामी प्रतिपक्षमा बस्छौँ', उनले भने, 'प्रतिपक्षमा बस्दैमा राजनीति सकिने होइन, अमेरिकामा पनि रिपब्लिकन पार्टी प्रतिपक्षमा बसेकै हो, उसको राजनीति सकिएको छैन।'

उनले संक्रमणकालीन न्यायसम्बन्धी व्यवस्थाको कानुनबारे आफूहरुले संसदमा स्पष्ट बोल्ने बताए। 

'टीआरसीबारे हामी संसदमा स्पष्ट रुपमा बोल्छौँ', उनले भने, 'टुंग्याउनुपर्छ तर राम्रो गरेर।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad