राजनीति


‘टु प्लस वान’ त्रिपक्षीय सहकार्य नै हो, चीन र भारतले नेपाललाई आदेश दिने होइनः चीन

‘टु प्लस वान’ त्रिपक्षीय सहकार्य नै हो, चीन र भारतले नेपाललाई आदेश दिने होइनः चीन

नेपालखबर
पुस १८, २०७६ शुक्रबार ५:५३,

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले प्रस्ताव गरेको ‘टु प्लस वान’ को अवधारणा त्रिदेशीय सहकार्य नै भएको बताएकी छन्।

यान्छीले पत्रकार सम्मेलन आयोजना गर्दै यो अवधारणामा चीन र भारतले नेपाललाई ‘डिक्टेट’ नगर्ने स्पष्ट पारिन्।

‘टु प्लस वान भनेको त्रिपक्षीय सहकार्य नै हो। यसमा चीन र भारतले नेपाललाई डिक्टेट गर्ने होइन, सबै देश समान हुन्,’ उनले भनिन्।

असोजमा चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका क्रममा चीनले त्रिदेशीय सहकार्यका लागि टु प्लस वानको अवधारणा अघि सारेको थियो।

तर, नेपालमा टु प्लस वानले नेपालको हैसियत घट्ने चर्चा भएपछि प्रधानमन्त्री केपी ओलीले त्रिपक्षीय सहकार्य हुनुपर्ने स्पष्ट पारेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad