राजनीति


चार उम्मेदवारको तस्बिरसहित उपराष्ट्रपति निर्वाचनको नमुना मतपत्र सार्वजनिक

चार उम्मेदवारको तस्बिरसहित उपराष्ट्रपति निर्वाचनको नमुना मतपत्र सार्वजनिक

नेपालखबर
चैत २, २०७९ बिहिबार ७:७, काठमाडौँ

निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचन, २०७९ को मतपत्रको नमुना सार्वजनिक गरेको छ। उक्त निर्वाचनका लागि दुई प्रकारका मतपत्र व्यवस्था गरिएको छ। 

सङ्घीय संसद्का सदस्यले मतदान गर्ने प्रयोजनका लागि रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ। मतपत्रमा उम्मेदवारको तस्बिर र नाम समावेश गरिएको छ। उपराष्ट्रपतिको निर्वाचनमा अष्टलक्ष्मी शाक्य (बोहरा), प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव गरी चार उम्मेदवार छन्। 

सङ्घीय संसद् र प्रदेशसभाका सदस्यले मतपत्रमा रहेका कुनै एक उम्मेदवारको तस्बिर र नाम अङ्कित रहेको कोठामा स्वस्तिक छाप लगाई मत सङ्केत गर्नुपर्ने छ। 

उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसद् र प्रदेशसभाका सदस्य मतदाता छन्। सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ।

यही चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदै छ।

हेर्नुहोस् नमुना मतपत्र– 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .