राजनीति


रासायनिक मलको अनुदान कटौती नगर्न जनमोर्चाको माग

रासायनिक मलको अनुदान कटौती नगर्न जनमोर्चाको माग

नेपालखबर
चैत १, २०७९ बुधबार १७:९, काठमाडौँ

राष्ट्रिय जनमोर्चाले रासायनिक मलको मूल्यवृद्धि गर्ने सरकारको निर्णय फिर्ता लिन माग गरेको छ।

रासायनिक मलमा यसअघि दिइएको अनुदान कटौती गरी मूल्यवृद्धि गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जनमोर्चाले अनुदान कटौति नगर्नसमेत सरकारसँग आग्रह गरेको छ। 

उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेलले बुधबार एक विज्ञप्ति प्रकाशित गरी किसानहरुले समयमा कृषि मल पाउन नसक्ने अवस्था रहेको भन्दै त्यसमाथि अनुदानसमेत कटौती गरी मूल्य बढाउने कार्यले किसानहरुले थप समस्या झेल्नुपर्ने बताएकी छन्।

‘अन्तर्राष्ट्रिय कारण देखाएर नेपाल सरकारले रासायनिक मलमा किसानहरुलाई दिइरहेको अनुदान कटौती गरी मूल्यवृद्धि गरेकोप्रति हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ’ वक्तव्यमा भनिएको छ, ‘नेपालमा किसानहरुले समयमा कृषि मल पाउन नसक्ने तीतो यथार्थता हाम्रो अगाडि छ। अझ त्यसमाथि पाइरहेको अनुदान कटौती गरी मूल्य बढाउने कार्यले किसानहरुले चर्को समस्या झेल्नुपर्ने अवस्था आउने देखिन्छ।’ 

तसर्थ अनुदान कटौती गर्ने आफ्नो निर्णय फिर्ता लिई मूल्यवृद्धि फिर्ता गर्न सरकारसमक्ष जोडदार माग गरेको छ।

यही फागुन २६ गते नेपाल सरकारले रासायनिक मलमा दिइँदै आएको अनुदान कटौति गर्ने निर्णय गरेको थियो।

सरकारको सो निर्णयप्रति किसान हकहितसँग सम्बन्धित संघ, संगठनहरुले आपत्ति जनाउँदै तत्काल फिर्ता लिन माग गर्दै दवावस्वरुप आन्दोलन सुरु गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad