ad ad

राजनीति


कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, उपराष्ट्रपति निर्वाचनबारे छलफल हुने

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, उपराष्ट्रपति निर्वाचनबारे छलफल हुने

फाइल तस्बिर


नेपालखबर
चैत १, २०७९ बुधबार ६:५१, काठमाडौँ

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बुधबार बस्दै छ। 

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ।

बैठकमा उराष्ट्रपतिको निर्वाचनसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने हुने बताइएको छ। 

उपराष्ट्रपति चयनका लागि चैत ३ गते बिहान १० बजेदेखि ३ बजेसम्म नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा मतदान हुँदै छ।

उपराष्ट्रपति पदमा दशदलीय गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव, एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उम्मेदवार छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .