राजनीति


द्वन्द्वकालीन मुद्दालाई सर्वोच्च लगिँदा समस्या झन् बल्झिन्छ : अग्नि सापकोटा

द्वन्द्वकालीन मुद्दालाई सर्वोच्च लगिँदा समस्या झन् बल्झिन्छ : अग्नि सापकोटा

रासस
फागुन २७, २०७९ शनिबार १९:४६, जनकपुरधाम

विस्तृत शान्ति सम्झौताको जगमा प्राप्त उपलब्धिलाई उल्ट्याउने प्रयासप्रति सचेत होऔँ : उपाध्यक्ष सापकोटा

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाले विस्तृत शान्ति सम्झौताको जगमा प्राप्त उपलब्धिलाई उल्ट्याउने प्रयासप्रति सबै सचेत बन्नुपर्ने बताएका छन्।

शनिबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपाध्यक्ष सापकोटाले देशमा प्राप्त राजनीतिक उपलब्धिलाई उल्ट्याउने प्रयास जारी रहेकाले त्यसविरुद्ध जनमत बनाइराख्न सबैले भूमिका निर्वाह गर्नुपर्ने बताए।

सापकोटाले नेपाल सरकार र तत्कालीन माओवादीबीच वि.सं. २०६३ मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौताअनुसार सङ्क्रमणकालीन न्यायका विषय टुङ्ग्याउन ढिला भएको स्वीकारे। उनले ती मुद्दालाई शान्ति सम्झौताअनुसार अगाडि बढाउनुको विकल्प नरहेको बताए।

'विस्तृत शान्ति सम्झौताको मर्मअनुसार अन्तरिम संविधान, २०६३ र नेपालको संविधानले गरेको व्यवस्थाबाहेक सङ्क्रमणकालीन न्यायसँग जोडिएका विषयहरू अन्य तरिकाले हेर्न मिल्दैन', उपाध्यक्ष सापकोटाले भने, 'अन्य तरिकाले हेर्न थालियो भने शान्ति प्रक्रियालाई असर पु्ग्छ। पछिल्लो परिवर्तनका लागि बलिदानी दिएकाहरूको अपमान हुन्छ। त्यसैले प्रतिकूल असर पार्ने गरी कुनै काम नगर्न म सबैलाई आग्रह गर्दछु।'

उनले विस्तृत शान्ति सम्झौतामा सत्य, निरुपण तथा मेलमिलाप आयोग गठन गरेर शान्ति प्रक्रियाका काम टुङ्ग्याउने भनिएकाले त्यहीअनुरुप निष्कर्षमा पुर्‍याउन लाग्नुपर्नेमा जोड दिए। द्वन्द्वकालका घटनासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा दर्ता गरेर समस्याको निकास नहुने पनि उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .