राजनीति


राष्ट्रपति निर्वाचनमा पाँच मत बदर

राष्ट्रपति निर्वाचनमा पाँच मत बदर

नेपालखबर
फागुन २६, २०७९ शुक्रबार २१:५०, काठमाडौँ

बिहीबार भएको राष्ट्रपति निर्वाचनमा पाँच मत बदर भएको छ।

निर्वाचन आयोगले शुक्रबार राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको प्रतिवेदनमा सो कुरा खुलाइएको हो।

बिहीबार भएको निर्वाचनको मत परिणाम तत्काल सार्वजनिक गरिए पनि बदर मतबारे भने निर्वाचन आयोग केही बोलेको थिएन।

श्रोतका अनुसार आयोगले राष्ट्रपति लाई बुझाएको प्रतिवेदनमा मतदानमा उम्मेदवारको नाम र तस्बिर रहेको कोष्टकमा रेजा लगाएर मतदान गर्नु पर्नेमा पाँच मत कोष्टकबाहिर रेजा लगाइएको भेटिएका थिए।

निर्वाचनबाट राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन्। उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाए। पौडेलदले ३३ हजार ८०२ मतभार ल्याए।

उनका प्रतिस्पर्धी सुवास नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरे। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad