ad ad

राजनीति


भ्रष्टाचार मुद्दामा दोषी सांसद गुरुङलाई सवा करोड जरिवाना, कैद नहुने

भ्रष्टाचार मुद्दामा दोषी सांसद गुरुङलाई सवा करोड जरिवाना, कैद नहुने

नेपालखबर
फागुन २५, २०७९ बिहिबार १८:७, काठमाडौँ

भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई कैद सजाय नहुने भएको छ। 

बिहीबार सजाय निर्धारण गर्दै विशेष अदालतले गुरुङलाई एक करोड २१ लाख ८४ हजार रूपैयाँ जरिवाना सुनाएको हो। 

भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गर्न मतियारको भूमिका निर्वाह गरेको विशेष अदालतले ठहर गरेको हो। 

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्य शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङलाई दोषी ठहर गर्दै यस्तो सजाय सुनाएको विशेष अदालतका उपरजिष्ट्रार सूचना अधिकारी नारदप्रसाद भट्टराईले जानकारी दिए। 

यो मुद्दामा गुरुङसहित ९ जनालाई अदालतले दोषी ठहर गरेको छ। अदालतले गुरुङलाई थप त्यति नै बिगो भराउने पनि फैसला गरेको उनले बताए। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ माघ २१ गते निलम्बित सांसद गुरुङसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

भृकुटीमण्डपको ६० रोपनी जग्गा प्रतिमहिना ५ लाख ५५ हजार रुपैयाँ भाडामा १० वर्षका लागि फनपार्कलाई दिने निर्णयमा गुरुङ पनि संलग्न देखिएका हुन्।

मनाङबाट निर्वाचित सांसद गुरुङ यही मुद्दाका कारण निलम्बनमा छन्।

यस्तै बद्री न्यौपानेलाई ९ वर्ष ६ महिना कैद, २ करोड ४३ लाख ६८ हजार ८ सय ३ रुपैयाँ ५० पैसा जरिवाना र त्यति नै बिगो असुल गर्ने फैसला भएको छ।

प्रमोद मेहतालाई ८ वर्ष ६ महिना कैद र न्यौपानेलाई जतिनै विगो र जरिवानाक, कुन्जव चौधरीको भने मृत्यु भइसकेकाले कैद र जरिवाना तोकिएको छैन। तर अरुलाई जति नै विगो भराउने फैसला भएको छ। 

हरि न्यौपाने, मोहनराज शर्मा र मदनकुमारलाल कर्णलाई लाई ८ वर्ष कैद र अरुलाई जति नै विगो र जरिवानाको फैसला भएको छ। 

रविन्द्रकुमार यादवलाई ९ वर्ष कैद र विगो र जरिवाना अरुलाई जति नै भराउने  फैसला भएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .