राजनीति


प्रधानमन्त्रीविरुद्ध रिटमा आजै सुनुवाइ हुने सम्भावना कम, न्यायाधीश श्रेष्ठको इजलास अझै बसेन

प्रधानमन्त्रीविरुद्ध रिटमा आजै सुनुवाइ हुने सम्भावना कम, न्यायाधीश श्रेष्ठको इजलास अझै बसेन

नेपालखबर
फागुन २५, २०७९ बिहिबार १३:२५, काठमाडौँ

द्वन्द्वपीडितले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आजै सुनुवाइ हुने सम्भावना कम भएको छ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा उक्त रिट आजका लागि पेसी तोकिएको भए पनि श्रेष्ठको इजलास यो खबर लेख्दासम्म बसेको छैन। 

श्रेष्ठ अर्को संयुक्त इजलासमा छन्। त्यो इजलासमा सुनुवाइ भइरहेको छ। 

न्यायाधीश श्रेष्ठकै नेतृत्वमा अनिलकुमार सिन्हासँग अर्को संयुक्त इजलास गठन भएको छ। श्रेष्ठ र सिन्हाले अहिले उक्त इजलासमा सुनुवाइ गरिरहेका छन्। श्रेष्ठको इजलास खाजा समय साढे २ बजेपछि बसे पनि प्रचण्डको रिटमा सुनुवाइ हुने सम्भावना कम छ। यो रिट चाैथाे नम्बरमा छ। 

प्रचण्डविरुद्ध द्वन्द्वपीडित ज्ञानेन्द्रराज आरनसहित र  चिरञ्जीवीवास गिरीसहितले छुट्टाछुट्टै रिट दायर गरेका छन्। 

सर्वोच्च प्रशासनले दरपीठ गरेको रिट न्यायाधीशको आदेशले गत मंगलबार दर्ता भएको थियो। रिटमा प्रचण्डले दिएको अभिव्यक्तिका आधारमा उनलाई पक्राउ गरेर ज्यान मुद्दाको कसुरमा कारबाही गर्न माग गरिएको छ।

प्रचण्डले २०७६ माघ १ गते सशस्त्र द्वन्द्वमा मारिएकामध्ये ५ हजार जनाको जिम्मा आफूले लिने अभिव्यक्ति दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad