नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियु र नेपाली कांग्रेस इतर समूहको नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मिलेर जाने तयारी गरेका छन्।
नेविसंघ शेखर कोइराला समूहका नेताहरु र अनेरास्ववियुका अध्यक्ष समिक बडालबीच बुधबार मिलेर जानेबारे छलफल भएको हो।
आसन्न चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ। निर्वाचनमा नेविसंघ इतर समूहले देशभरका क्याम्पसहरुमा उम्मेदवार उठाउने तयारी गरेको नेता धर्म शाहीले बताए। भेटघाट सकारात्मक भएको र अब दोस्रो चरणमा निर्णायक छलफल गरिने उनले जानकारी दिए।
नेविसंघ संस्थापन पक्षले स्ववियु निर्वाचनमा न्यायपूर्ण ढंगले टिकट वितरण नगरिए देशभरका क्याम्पसहरुमा उम्मेदवारलाई उठाउने निर्णय गरेको इतर समूहका नेता इन्जिनियर भुवन भट्टले बताए।
963
Shares

प्रतिक्रिया