नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७८ भदौमा पार्टी छाडेर हिँडेका पूर्वउपाध्यक्ष वामदेव गौतमलाई बुधबार भैंसेपाटी पुगेर भेटेका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीका प्रेस सल्लाहकार रामशरण बजगाईंले पार्टीमा पुराना सहकर्मीसँग व्यक्तिगत भेटघाट भएको बताए।
'उहाँहरु कम्युनिष्ट आन्दोलनका पुराना सहकर्मी र योद्धा हुनुहुन्छ', उनले भने, 'लामो समय भएको थियो भेट नभएको। पुराना सहकर्मीसँगको यो भेटघाट व्यक्तिगत हो।'
२०७७ माघमै नेकपा एकता राष्ट्रिय अभियानको घोषणा गरेर अघि बढेका गौतमले ओलीकै कारण आफूले एमाले छाड्नु परेको बताएका थिए।
२०७८ भदौमा औपचारिक रुपमाा एमालेबाट राजीनामा दिएका उनी पछिल्लो समय अन्य दलमा सक्रिय छैनन्।
उनलाई पार्टीमा भित्र्याउन एमालेबाटै छुट्टिएको नेकपा एकीकृत समाजवादीद्ये पनि बल गरेको थियो। तर जनताको बहुदलीय जनवादलाई स्वीकारेर जानुपर्ने अडान गौतमले लिएका थिए।
कुनै बेला माओवादीसँग पनि निकट उनी अहिले कुनै ठूला पार्टीमा जान सकेका छैनन्। आफैंले गठन गरेको पार्टीले पनि राम्रो गति लिन सकेकै छैन। अहिले उनी राष्ट्रियसभा सदस्य भने छन्।
प्रतिक्रिया