ad ad

राजनीति


एमालेका मन्त्रीहरूले आजै राजीनामा बुझाउने, समर्थन पनि फिर्ता लिने

एमालेका मन्त्रीहरूले आजै राजीनामा बुझाउने, समर्थन पनि फिर्ता लिने

तस्बिर : नेपालखबर


नेपालखबर
फागुन १५, २०७९ सोमबार १२:४४, काठमाडौँ

नेकपा एमालेका मन्त्रीहरूले आजै राजीनामा बुझाउने भएका छन्।

पार्टी सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाउने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्। 

उनका अनुसार एमालेले प्रधानमन्त्रीलाई दिएको समर्थन समेत फिर्ता गर्ने निर्णय गरेको छ। 

नेकपा एमालेका मन्त्रीहरूले आजै राजीनामा बुझाउने भएका छन्। पार्टी सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाउने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्। 

उनका अनुसार एमालेले प्रधानमन्त्रीलाई दिएको समर्थन समेत फिर्ता गर्ने निर्णय गरेको छ। 

आइतबार जेनेभा प्रस्थान गर्न लागेकी परराष्ट्रमन्त्री डा. विमला पौड्याललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोकेपछि एमालेले आकस्मिक बैठक बोलाएको थियो। 

सो बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। प्रधानमन्त्रीले विदेश भ्रमण रोकेपछि पौड्यालले अपमान भएको बताएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .