राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफू सरकारमा रहँदाका बुझाइहरू सामाजिक सञ्जालमार्फत सेयर गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत केही बुँदा सार्वजनिक गर्दै लिङ्देनले देश बनाउन सकिने र बन्ने समेत दाबी गरेका छन्।
कर्मचारीले नेता भन्दा नेताले कर्मचारी बिगारेको उनले उल्लेख गरेका छन्। साथै, देश आर्थिक र भूराजनीतिक दृष्टिबाट चेपुवामा परेको पनि उनले बताएका छन्।
नागरिक समाज आवश्यकता भन्दा धेरै नकारात्मक रहेको अभुवन आफ्नो कार्यकालमा गरेको लिङ्देनले उल्लेख गरेका छन्।
लिङ्देनको स्टाटसः
छोटो समय सरकारमा रहँदाका मेरा बुझाइहरु...
● देश आर्थिक र भूराजनीतिक दृष्टिबाट भयानक चेपुवामा छ।
● नागरिक समाज आवश्यकता भन्दा धेरै नकारात्मक रहेछ।
● देश बनाउन नसकीने र नबन्ने रहेनछ।
बनाउन सकिन्छ र बन्छ।
42
Shares
प्रतिक्रिया