ad ad

राजनीति


संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

फाइल।


नेपालखबर
फागुन १५, २०७९ सोमबार १०:२०, काठमाडौँ

संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ।

राष्ट्रिय सभाको आजको बैठक मध्यान्ह १२ः३१ बजे सुरु हुनेछ भने प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे सुरु हुने छ। 

संसद सचिवालयका अनुसार राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउने, राष्ट्रिय सभा अन्तर्गत गठित विषयगत समितिमा सदस्यहरुको नाम मनोनयन गर्ने, विधायन व्यवस्थापन समितिका सभापति डा। वेदुराम भुसालले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०७८/०७९ सभा समक्ष पेस गर्ने, राष्ट्रिय सरोकार तथा मन्वय समितिका सभापति दिलकुमारी रावल थापा ९पार्वती० ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन मूल्यांकन प्रतिवेदन, २०७९ सभा समक्ष पेस गर्ने, दलित समुदायका विभेद र उत्पीडनहरुको अन्त्य गरी सामाजिक सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धमा भुवनबहादुर सुनार प्रश्तावक र सुरेशकुमार  आले मगर, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, नरपति लवार, सिंहबहादुर विश्वकर्मा, जगतबहादुर पार्की, राधेश्याम पासवान, जगप्रसाद शर्मा, प्रमिलाकुमारी, प्रकाश पन्थ, देवेन्द्र दाहाल, भगवती न्यौपाने, जयन्तीदेवी राई, तारामान स्वाँर, विमला घिमिरे, मायाप्रसाद शर्मा, गंगाकुमारी बेलवासे समर्थक भइ दर्ता भएको संकल्प प्रश्तावका सम्बन्धमा छलफल हुनेछ।

त्यस्तै, प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको यो बैठक जनता समाजवादी पार्टी, नेपालबाट समानुपातिक तर्फबाट २०७९ सालको प्रतिनिधि सभामा निर्वाचित सदस्य एवं वञ्चितिकरणमा परेका समुदायको सशक्तिकरणमा नेतृत्वदायी भुमिका निभाउनुभएकी शहनाज रहमानको निधन भएकोमा उनको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्ने कार्यसूची रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .