ad ad

राजनीति


अन्तर–महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र पुनः परीक्षण थाल्ने उत्तर कोरियाली घोषणा

अन्तर–महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र पुनः परीक्षण थाल्ने उत्तर कोरियाली घोषणा

नेपालखबर
पुस १६, २०७६ बुधबार ६:३६,

अमेरिकाले आफूमाथि लगाएको प्रतिबन्धहरु फुकुवा गर्ने विषयमा पहल कदमी नलिएको भन्दै उत्तरले परमाणु कार्यक्रम निरन्तरता दिने बताएको हो।

अमेरिकाले प्रतिबन्ध नहटाएको अवस्थामा अब आफूले अमेरिकासँग भएको क्षेप्यास्त्र निशस्त्रीकरणको सम्झौतालाई नमान्ने बताउँदै किमले परमाणु कार्यक्रमलाई निरन्तरता दिने बुधबार बताए।

अब उत्तर कोरियाले अन्तर–महादेशीय ब्यालेटिस्टक क्षेप्यास्त्र पुनः परीक्षण थाल्ने किमले बताएको उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ।

किमले उनको देशले चाँडै ‘नयाँ रणनीतिक हतियार’ पनि सार्वजनिक गर्ने घोषणा गरेका छन्। यसअघि उत्तरले आफ्नो अन्तर–महादेशीय ब्यालेटिस्टक क्षेप्यास्त्रले अमेरिकासम्म गएर आक्रमण गर्नसक्ने दाबी गरेको थियो।

क्षेप्यास्त्र परीक्षण गर्ने चेतावनी दिएपनि किमले अमेरिकासँग वार्ताको ढोका भने खुला राखेका छन्। किमले अमेरिकाको व्यवहार अनुसार उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणलाई अगाडि बढाउने बताएको बीबीसीले जनाएको छ।

सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच पहिलो शिखर वार्ता भएको थियो। त्यसबेला उत्तर कोरिया क्षेप्यास्त्र निशस्त्रीकरण गर्न सहमत भएको थियो।

Related image

तर अमेरिकाले उत्तर माथिको अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने विषयमा कुनै कदम नचालेपछि उत्तरको मागअनुसार यसैवर्षको फेब्रुअरी महिनामा फेरि किम र ट्रम्पबीच भियतनाममा दोस्रो शिखर वार्ता भयो।

तर ट्रम्प किमको मागअनुसार उत्तरमाथिको पूर्ण प्रतिबन्ध हटाउने विषयमा सहमत हुन नसकेपछि वैठक विना निष्कर्श टुंगियो।
त्यसयता उत्तर कोरियाले साना क्षेप्यास्त्रहरु परीक्षण गर्दै आएको छ। केही समय अगाडि उत्तरले अमेरिकाले आफूमाथिका प्रतिबन्धहरु फुकुवा गर्ने विषयमा महत्वपूर्ण निर्णय नगरे आफूले अमेरिकालाई उसले कहिले नसोचेको क्रिसमस उपहार दिने बताएको थियो।

यतिबेला सन् २०१८ को क्षेप्यास्त्र निशस्त्रीकरण सम्झौतालाई नमान्ने बताउँदै उत्तरले परमाणु कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेको छ।

किमले के भने?

‘अमेरिकाले प्रतिबन्ध हटाउने सम्बन्धमा कुनै कदम नचालेको अवस्थामा हामीले सम्झौतालाई पालना गरिरहनुको कुनै अर्थ छैन।’ किमले भने।

अमेरिकाले उत्तरको मागलाई वेवास्ता गर्दै बस्ने हो भने उत्तरले विश्वलाई नयाँ रणनीतिक हतियार सार्वजनिक गरेर चकित बनाउने किमको चेतावनी रहेको छ।

अमेरिकाले प्रतिबन्ध नहटाएको अवस्थामा अब आफूले अमेरिकासँग भएको क्षेप्यास्त्र निशस्त्रीकरणको सम्झौतालाई नमान्ने बताउँदै किमले परमाणु कार्यक्रमलाई निरन्तरता दिने पनि बुधबार बताए।

Image result for kim missiale

अमेरिकी प्रतिक्रिया

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ वर्षको अवसरमा अयोजना गरिएको कार्यक्रममा उत्तर कोरियाली नेता किम वचनको पक्का भएको बताएका छन्।

‘किमले क्षेप्यास्त्र निशस्त्रीकरणको सम्झौतामा हस्ताक्षर गरेका छन्।’ फ्लोरिडामा ट्रम्पले भने,‘मलाई लाग्छ किम वचनका पक्का छन्।’

यस्तै अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले उत्तर कोरियाले युद्धलाई त्यागेर शान्ति रोज्ने बताए।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .