ad ad

कारोबार


भ्रमण वर्ष उद्घाटनः यसरी गरिँदै छ पार्किङ व्यवस्थापन

भ्रमण वर्ष उद्घाटनः यसरी गरिँदै छ पार्किङ व्यवस्थापन

नेपालखबर
पुस १६, २०७६ बुधबार ६:५२,

नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समरोह दशरथ रंगशालामा आज ४ बजे हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने समारोहमा नेपाली सांस्कृतिक झाँकी सहितको प्रदर्शन हुने भ्रमण सचिवालयले जानकारी दिएको छ।

उद्घाटन समारोहमा हजारौं अतिथिलाई आमन्त्रण गरेको छ। काठमाडौंमा खुल्ला तथा पार्किङ क्षेत्रको अभावले अतिथिलाई पार्किङको समस्या नहोस भन्नको लागि सचिवालयले कसले कहाँ पार्किङ गर्ने ठाउँ निर्धारण गरेको छ।

भीआईपी अतिथिको लगि पी १ पी २ एन ५ र बी ६ पार्किङ भीआईपी प्याराफिट पछाडिको ठाउँलाई तोकेको छ। त्यस्तै झण्डावाल, पूर्वप्रम, कूटनैतिक नियोगका लागि पी ३ पार्किङ (मूलगेट दयाँ) तोकेको छ।

पी ४ सञ्चारकर्मी तथा अन्य आमन्त्रितको लागि काठमाडौं महानगरपालिका अगाडि आर्मी अफिसको खाली ठाउँ तोकेको छ। त्यस्तै पी ५ विशिष्ट व्यक्ति तथा सचिवको लागि खेलकुद परिषदको पछाडि ठाउँलाई तोकिएको छ।

आमन्त्रित पाहुनाहरु तथा राष्ट्रसेवक कर्मचारीको लागि टुडिँखेलमा पार्किङको व्यवस्था रहेको छ भने सुरक्षा निकाय प्रमुखको लागि आँखा अस्पतालमा पाकिङ सुविधा रहेको सचिवालयले जानकारी दिएको छ ।

विभिन्न पाहुनाको विश्व निकेतन स्कुलमा पार्किङ तोकिएको छ। आमन्त्रित सदस्यले वर्ल्ड ट्रेड सेन्टर पार्किङमा पनि गर्न सक्ने जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .