ad ad

राजनीति


कमल थापाले भनेः लोकतन्त्रको नियन्त्रणमा बस्ने राजा राखौं

कमल थापाले भनेः लोकतन्त्रको नियन्त्रणमा बस्ने राजा राखौं

नेपालखबर
पुस १६, २०७६ बुधबार ६:३४,

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले राजसंस्था र लोकतन्त्रको साझेदारी नेपालको भूराजनीतिक बाध्यता भएको बताएका छन्।

राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भ पारेर अध्यक्ष थापाले तत्कालीन राजा महेन्द्र र कांग्रेस नेता बीपी कोइरालाको फोटो सामाजिक सञ्जाल ट्विटरमा सेयर गर्दै भारत र चीनले आफ्नो स्वार्थका लागि नेपालका राजनीतिक दलहरुलाई प्रयोग गरिरहेको बताएका छन्।

देशलाई दुर्घटनाबाट जोगाउनका लागि साझा संस्था चाहिने र त्यो साझा संस्था राजसंस्था नै भएको उनले दावी गरेका छन्।

उनले पहिले राजाको नियन्त्रणमा प्रजातन्त्र रहेको भन्दै अब लोकतन्त्रको नियन्त्रणमा राजा राखौं भन्ने प्रस्ताव समेत गरेका छन्।

‘राजसंस्था र लोकतन्त्रको साझेदारी नेपालको भुराजनीतिक वाध्यता हो।दुवै छिमेकीले आफ्नो स्वार्थकोलागि दलहरुलाई प्रयोग गर्छन, गरिहेछन्’, सट्विटरमा अध्यक्ष थापाले लेखेका छन्, ‘कुनै दुर्घटना भयो भने देश जोगाउने साझा संस्था चाहिन्छ। पहिले राजाको नियन्त्रणमा प्रजातन्त्र थियो अब लोकतन्त्रको नियन्त्रणमा राजा राखौं।’

अध्यक्ष थापा लामो समयदेखि संवैधानिक राजतन्त्र र हिन्दू राज्यको पक्षमा वकालत गर्दै आइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .