ad ad

राजनीति


भारतका नयाँ सेनापति भन्छन्ः चीनलाई पनि पाकिस्तानजत्तिकै ध्यान दिन जरुरी छ

भारतका नयाँ सेनापति भन्छन्ः चीनलाई पनि पाकिस्तानजत्तिकै ध्यान दिन जरुरी छ

नेपालखबर
पुस १६, २०७६ बुधबार ६:३२,

भारतका नवनियुक्त सेनापति जनरल मनोज मुकुन्द नरवनेले भारतीय सेनाले पाकिस्तानजत्तिकै चीनलाई पनि ध्यान दिनुपर्ने बताएका छन्।

मंगलबार कार्यभार सम्हालेका उनले बुधबार भारतको सीमा जोडिएका चीन र पाकिस्तान उत्तिकै महत्वपूर्ण भएको बताए।

‘हामीले विगतमा पश्चिमी मोर्चामा धेरै ध्यान दिँदै आएका छौँ। तर, उत्तरी मोर्चातर्फ पनि उत्तिकै ध्यान दिन आवश्यक छ,’ उनले भने, ‘त्यसैले हामी उत्तरी सीमा र हाम्रो उत्तरपूर्वी क्षेत्रमा हाम्रो क्षमता विकास गर्न गइरहेका छौँ।’

उनले सीमा विवाद समाधान हुन बाँकी नै रहेको बताउँदै सीमामा शान्ति स्थापना गर्न भारत सफल भएको पनि बताए।

उनले भारतीय सेनाको आधुनिकीकरण आफ्नो प्रमुख प्राथमिकता भएको पनि बताए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .