सत्ताबाट बाहिरिएयता नेपाली कांग्रेसका सभापति पहिलोपटक आज पार्टीको केन्द्रीय कार्यालय (सानेपा) पुगेका छन्।
सत्तारुढ नेकपा माओवादी केन्द्रसमेत ७ दलले राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई मत दिने निर्णयपछि उत्साहित कांग्रेसले आज उम्मेदवार चयन गर्दै छ।
त्यसका लागि सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा अहिले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आयोजना गरेको छ। जसमा सहभागी हुन सभापति देउवासहितका नेता त्यहाँ पुग्ने क्रम जारी छ।
पाँच दलीय गठबन्धन भत्किएर पुस १० गते सत्ता गुमेयता देउवा पहिलोपटक पार्टी कार्यालय पुगेका हुन्।
राष्ट्रपतिमा आफूसहित ८ दल एक ठाउँमा आएपछि कांग्रेस सत्तामा फर्किने सम्भावना बढेको छ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपाका केही तस्बिर
201
Shares
प्रतिक्रिया