सभामुख देवराज घिमिरेले संसदमा सांसदहरुले उठाएका विषयहरुको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सरकारले आफूहरुले उठाएका विषयहरुको जवाफ नै नदिएको भन्दै रुलिङ गर्न सभामुख देवराज घिमिरेलाई आग्रह गरेका थिए।
सांसदहरुको आग्रहपछि सभामुख घिमिरेले सरकारलाई संसदमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिन निर्देशन गरेका छन्।
‘मान्य सदस्यहरु, शुन्य समय र विशेष समयमा मान्य सदस्यहरुबाट उठाइएका सवालमा सदनमा जवाफ दिन सरकारलाई म निर्देशन गर्दछु।’ उनले भने।
संसदमा सांसदहरुले सरकारले आफूहरुका प्रश्नको उत्तर नदिएर पन्छिरहेको आरोप लगाएका थिए।
कांग्रेस सांसद एनपी साउदले प्रजातन्त्रमा सुशासन र जवाफदेहितको महत्व हुने जिकिर गर्दै संसदले मन्त्री र सरकारलाई रुलिङ गरेर जवाफ दिने प्रवन्ध गर्नुपर्नेमा पनि जोड दिएका थिए।
Shares

प्रतिक्रिया