राजनीति


जेलबाट छुटेका सांसद चौधरीले राष्ट्रपतिको निर्वाचनमा मत हाल्न पाउने

जेलबाट छुटेका सांसद चौधरीले राष्ट्रपतिको निर्वाचनमा मत हाल्न पाउने

फाइल तस्बिर


नेपालखबर
फागुन १२, २०७९ शुक्रबार १६:१२, काठमाडौँ

राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गरिएको छ।

मतदाता नामावलीमा नाम समावेश गर्न र विवरण सच्याउन परेको निवेदनका आधारमा चौधरीको नाम समावेश गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
 
ट्र्याक्टरमाथि आगजनी गरेको अभियोगमा सांसद चौधरीलाई अदालतले दोषी ठहर गरेको थियो।

उनलाई माघ १९ गते प्रहरीले नियन्त्रणमा लिई कारागार चलान गरेको थियो। उक्त प्रकरणपछि सांसद चौधरी निलम्बित भएका थिए।
 

प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट कैद मिनाहा भएको पत्र सङ्घीय संसद् सचिवालय पुगेपछि उनको निलम्बन फुकुवा भएको थियो।

उनी यही आइतबार कारागार मुक्त भएका थिए। निलम्बन फुकुवा भएसँगै उनको सांसद पद कायम भएको छ।
 
निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा सदस्य सङ्गीता मण्डल धानुक, राष्ट्रियसभा सदस्य दुर्गाकुमारी गुरुङ, प्रदेशसभा सदस्य सरस्वती खड्का र सञ्जुकुमार चौधरीको विवरण सच्याएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले बताए।

नामावली सच्याएर कार्यालयले आजै अपराह्न ३ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ।

राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ। शनिबार उम्मेदवारको मनोनयन तोकिएको छ।

भोलि बिहान १० देखि अपराह्न ३ बजेसम्म मनोनयन पत्र दर्ता गर्न सकिने कार्यतालिका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad