राजनीति


राष्ट्रपतिबारे प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आज ‘निर्णायक’ वार्ता, सत्ता गठबन्धन बच्ला कि टुट्ला?

राष्ट्रपतिबारे प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आज ‘निर्णायक’ वार्ता, सत्ता गठबन्धन बच्ला कि टुट्ला?

नेपालखबर
फागुन १२, २०७९ शुक्रबार ८:२०, काठमाडौँ

राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विवादले धरापमा परेको सत्ता गठबन्धन कायमै रहला वा भत्किएला सम्भवतः आज टुंगो लाग्नेछ।

किनभने प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनका विषयमा आज एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ‘निर्णायक’ वार्ता गर्ने बताएका छन्। 

राष्ट्रपतिको उम्मेदवारका विषयमा सत्ता साझेदार माओवादी केन्द्र र एमालेबीच कुरा नमिल्दा चुनावअघिको पाँचदलीय गठबन्धन ब्युँताउने कसरत पनि भइरहेको छ। 

आज प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच राष्ट्रपति उम्मेदवारका विषयमा सहमति नभए वर्तमान सत्ता गठबन्धन टुट्ने र पुरानो पाँच दलीय गठबन्धन ब्युँतनेसम्मका चर्चा भइरहेको छ। 

राष्ट्रपति पद कांग्रेसलाई, उपराष्ट्रपति पद जसपाले लिने र सरकारको नेतृत्व आलोपालो गर्ने गरी पुरानो गठबन्धन ब्युँताउने प्रयासमा नेताहरू लागेका छन्।  

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदमा अडान नछाडेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुरानो गठबन्धन तोड्दै एमालेलगायत सात दलको नयाँ समीकरण बनाएर प्रधानमन्त्री बनेका थिए। तर अहिले फेरि राष्ट्रपति पदमा एमालेले आफ्नो अडान नछाडेपछि यो गठबन्धन पनि तोडिने अवस्थामा पुगेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad