राजनीति


क्रिकेट खेल्न युएई जान पाउनुपर्ने मागसहित सर्वोच्चमा सन्दीप

क्रिकेट खेल्न युएई जान पाउनुपर्ने मागसहित सर्वोच्चमा सन्दीप

फाइल तस्बिर


नेपालखबर
फागुन ११, २०७९ बिहिबार १७:१८, काठमाडौँ

क्रिकेट खेल्न युएई जान पाउनु पर्ने मागसहित सन्दीप लामिछाने सर्वोच्च अदालत पुगेका छन्। 

आफ्ना वकिल सरोजकृष्ण घिमिरेको साथमा सन्दीपले सर्वोच्च पुगेर बिहीबार निवेदन दिएका हुन्। 

विदेश जान प्रतिबन्ध लगाउने उच्च अदालत पाटनको आदेश बदर गर्न माग गर्दै सन्दीप सर्वोच्च पुगेका हुन्।

गत पुस २८ गते उच्च अदालत पाटनले उनलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि विदेश जान प्रतिबन्ध लगाएको थियो।

नेपालमा हालै भएको लिग डिभिजन टु अन्तर्गतको त्रिदेशीय सिरिजमा उत्कृष्ट पुनरागमनसहित १३ विकेट लिएपछि सन्दीपलाई युएई लैजान क्रिकेट संघले पनि पक्रिया अघि बढाएको छ। 

सिरिजकै सर्वाधिक विकेट लिएका सन्दीप लिग २ कै बाँकी ४ खेलका लागि शनिबार जाने टोलीमा परेका छैनन्।

अदालतको प्रतिबन्धका कारण टोलीमा नपरेका उनी प्रतिबन्ध फुकुवाको मागसहित सर्वोच्च पुगेका हुन्। 

उनको रिटमा शुक्रबार नै सुनुवाइ हुने सम्भावना छ। सुनुवाइ भएर प्रतिबन्ध फुकुवा भए सन्दीप टोलीसँगै युएई जानेछन्। 

यसरी रोक लगाएर वैयक्तिक स्वतन्त्रता र हिडडुलको अधिकार हनन् भएको सन्दीपका कानुनी सल्लाहकार सरोजकृष्ण घिमिरेले बताए। 

यस्तै, सन्दीपले धरौटी रकम बढी भएको भन्दै घटाउन माग गर्ने भएका छन्। उच्च अदालतले उनीसँग २० लाख नगद धरौटी माग गरेको थियो। 

उच्च अदालतले काठमाडौं बाहिर जान अनुमति लिनु पर्ने बताए पनि क्रिकेट खेल्न भने प्रतिबन्ध लगाएको थिएन। क्यानले पनि निलम्बन फुकुवा गरेको थियो। क्यानले उनलाई विदेश लैजान समेत पहल गरिरहेको छ। 

नेपालले युएईमा पपुवान्युगिनी र युएईसँग २/२ खेल खेल्नेछ। आगामी सोमबार पहिलो खेल पपुवा न्युगिनीसँग खेल्ने तालिका छ। त्यसअघि नै सन्दीप विदेश जान रोक लगाउने निर्णय बदर गराउने प्रयासमा छन्। 

यदि अदालतले यसअघिको निर्णय बदर नगरे नेपाली टोली सन्दीपबिनै यूएई जानेछ। त्यसका लागि क्यानले टोलीसमेत घोषणा गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad