संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाली कांग्रेसलाई राष्ट्रपति दिँदा राष्ट्रिय सहमति हुने बताएका छन्।
माओवादीले प्रधानमन्त्री, एमालेले सभामुख र राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख लिइसकेका कारण अब कांग्रेसलाई राष्ट्रपति र एकीकृत समाजवादीलाई उपराष्ट्रपति दिँदा राष्ट्रिय सहमति हुने मन्त्री किराँतीले बताएका हुन्।
गृहजिल्ला भोजपुरमा सञ्चारकर्मीहरुसंँग मन्त्री किरातीले भने, ‘राष्ट्रिय राजनीतिको वर्तमान अवस्था, जनताको स्थिति, निर्वाचनबाट प्राप्त जनादेशले र संविधानको भावना राष्ट्रपति राष्ट्रिय एकताको प्रतीक भएको हुनाले राष्ट्रिय सहमतिबाटै राष्ट्रपति बन्नुपर्छ।’
81
Shares

प्रतिक्रिया