राजनीति


‘जनयुद्ध दिवस’बारे ओलीको आक्रोश : हिंसाको धङधङी अझै बाँकी रहेछ

‘जनयुद्ध दिवस’बारे ओलीको आक्रोश : हिंसाको धङधङी अझै बाँकी रहेछ

फाइल तस्बिर


नेपालखबर
फागुन ११, २०७९ बिहिबार १२:१५, काठमाडौँ

पुस १० गते बनेको सात दलीय गठबन्धन सरकारमा खटपटको प्रष्ट संकेत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकोटबाट दिएका छन्। 

बिहीबार बालकोटमा आयोजित 'विश्व शान्ति प्रार्थना' पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

बिहीबार नै जन्मदिन मनाइरहेका ७२ औँ जन्मदिन मनाइरहेका ओलीले सम्बोधनका क्रममा नेपालभित्र आन्तरिक द्वन्द्व र आन्तरिक कलह अब नेपाली जनतालाई स्वीकार्य नभए बताए। 

'अब हामीलाई कुनै किसिमको कलह चाहिएको छैन। हामी हाम्रो देशको समस्या समाधान गर्न सक्षम छौँ', उनले भने, 'अहिलेकै सरकार (पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको) ले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनायो।'

उनले आज संसारका केही मुलुकहरुबाहेक अन्यत्र नेपालको जस्तै स्वतन्त्रता रहेको बताउँदै यसलाई सानो उपलब्धी भन्न नहुने उल्लेख गरे। 

'नेपाल जस्तो शान्तिप्रिय भनिएको देशमा हिंसा भयो। हिंसाको श्रृंखला टुंगिएका थिए, तर अझै हिंसाको धङधङी रहेछ', उनले भने, 'हिंसाको धङधङी के देखिन्छ भने अहिलेकै सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनायो। हिंसा दिवसलाई क्यालेन्डरमै राख्ने काम भयो। त्यसले अझै हिंसालाई मलजल गर्ने काम भयो।'

उनले एमालेसमेत साझेदार रहेको प्रचण्ड नेतृत्वको सरकारले गरेको उक्त निर्णयमा प्रश्न उठाए। 'सरकारले किन हिंसा दिवस मनाउने निर्णय गर्‍यो?', उनले भने, 'त्यो निर्णय आकष्मिक रुपमा गरेको थियो।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad