राजनीति


माओवादी पदाधिकारी बैठक बस्दै, राष्ट्रपतिमा सघाउन कांग्रेसले गरेको प्रस्तावमाथि छलफल हुने

माओवादी पदाधिकारी बैठक बस्दै, राष्ट्रपतिमा सघाउन कांग्रेसले गरेको प्रस्तावमाथि छलफल हुने

फाइल।


नेपालखबर
फागुन ८, २०७९ सोमबार ७:३०, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दै छ। सोमबार(८ फागुन) दिउँसो बस्नेगरी बैठक तय भएको पार्टीका महासचिव देव गुरुङले जानकारी दिए। 

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको हो। 

राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेसहितको गठबन्धन भत्किएर फागुन १० गते पुरानै कांग्रेस सहितको गठबन्धन ब्यूँतने बताइरहेका बेला माओवादीको पदाधिकारी बैठक बस्न लागेको हो।

आइतबार कांग्रेसका महामन्त्री र माओवादीका दोस्रो तहका नेताहरूबीच ललितपुरमा छलफल भएको थियो। लगत्तै प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेसका नेताहरु बालुवाटार पुगेका थिए। 

अन्य शीर्ष नेतालाई लिएर पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीसमक्ष राष्ट्रपतिमा सघाउन प्रस्ताव गरेका थिए। 

सो प्रस्तावमाथि पार्टीमा छलफल गर्ने प्रधानमन्त्री प्रचण्डले बताएका थिए। 

राष्ट्रपतिमा अर्को सत्तारुढ दल नेकपा (एमाले) का उम्मेदवारलाई स्वीकार नगर्ने अडान लिइरहेका प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठकसमेत बोलाउने तयारी गरेका छन्।

सर्वदलीय बैठक राखेर राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने प्रयास गर्न लागिएको बालुवाटार निकट स्रोतले बताएको छ।

कांग्रेसले पाँच वर्ष पूरै प्रधानमन्त्रीमा सघाउने आश्वासनसहित प्रचण्डलाई उक्त प्रस्ताव गरेको स्रोतले जनाएको छ। 

कांग्रेसको प्रस्तावमा प्रचण्ड सकारात्मक रहेको बालुवाटार पुगेका एकजना कांग्रेस नेताले बताए। 

पुस १० मा सात दलीय गठबन्धन बन्दा राष्ट्रपति एमालेलाई दिने समझदारी भएको थियोे । तर पुस २६ मा कांग्रेसको पनि मत पाएपछि प्रचण्डले राष्ट्रिय सहमतिको वकालत गरिरहेका छन्। त्यहीअनुसार कांग्रेसले संसद्को पहिलो दलका रूपमा राष्ट्रपति आफूले पाउनु पर्ने बताउँदै आएको छ।

तर एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार विराटनगरमा राष्ट्रपति एमालेबाटै हुने बताउँदै कांग्रेसले बल गर्नुको अर्थ नहुने टिप्पणी गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad