नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी मुलुकका लागि घाँडो भएको टिप्पणी गरेका छन्।
आइतबार पार्टीको भातृ संगठन अनेरास्ववियूको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो टिप्पणी गरेका हुन्।
‘अहिले हामीले त्यहाँ देख्यौं। नयाँ घण्टी बजाउँदै आएको पार्टीको चरित्र पनि देखे जनताले,’ अध्यक्ष नेपालले भने, ‘पहिले त केके न गर्ला भन्ने लागेको थियो। नयाँ आए तर घाँडो भए। अदालतले मुद्दा लगायो। पदबाट हटे।’
रास्वपाका सभापति रवि लामिछानेप्रति इंगित गर्दै नेपालले भने, ‘पद चाहिन्छ भनेर हैरान पारे पछि त्यो गठबन्धन पनि संकटमा परेको छ। कुन दिन त्यो गठबन्धन भत्किने हो? ठेगान छैन।’
भिडिओ
696
Shares

प्रतिक्रिया