राजनीति


प्रचण्ड सरकारको आयु राष्ट्रपति निर्वाचनसम्म : उपेन्द्र यादव

प्रचण्ड सरकारको आयु राष्ट्रपति निर्वाचनसम्म : उपेन्द्र यादव

नेपालखबर
फागुन १, २०७९ सोमबार १८:४६, काठमाडौँ

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको आयु राष्ट्रपतिको निर्वाचनसम्मका लागि हुनसक्ने बताएका छन्। 

कपिलवस्तुमा सोमबार आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले उक्त कुरा बताएका हुन्। 

‘पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार इतिहासकै कमजोर भएकोले भरथेग होस् भनेर जसपाले समर्थन गरेको हो। तर गणतन्त्र, संघीयता र धर्म निरपेक्षता विरोधीहरुले सरकारलाई टिक्न दिने स्थिति देखिएन, राष्ट्रपतिको निर्वाचनसम्म सरकार ढल्ने सम्भावना देखियो,’ यादवले भने। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad