ग्लोबल


चीनको आरोप : अमेरिकी बेलुनले कम्तीमा १० पटक चिनियाँ हवाई क्षेत्रको उल्लंघन गरेको छ

चीनको आरोप : अमेरिकी बेलुनले कम्तीमा १० पटक चिनियाँ हवाई क्षेत्रको उल्लंघन गरेको छ

नेपालखबर
फागुन १, २०७९ सोमबार १८:५०, काठमाडौँ

चीनको विदेश मन्त्रालयले अमेरिकाले पछिल्लो एक वर्षमा १० पटकभन्दा बढी आफ्नो आकाशमा बेलुन उडाएको बताएको छ।

अमेरिकाले फेब्रुअरी ४ मा आफ्नो आकाशमा उडेको एउटा संदिग्ध जासुसी बेलुन खसालेपछि चीनको बयान आएको हो।

चीनले यसलाई नागरिक बेलुन भनेको छ।

यो घटनापछि दुई देशबीचको सम्बन्ध चिसिएको छ।

अमेरिकाले हालैका दिनहरूमा अन्य धेरै अज्ञात वस्तुहरू पनि खसालेको बताएको छ।

सोमबार सोधिएको प्रश्नमा बेइजिङले अमेरिकाले धेरै पटक हवाई क्षेत्रको उल्लंघन गरेको बताएको छ।

विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले पत्रकार सम्मेलनमा भने, ‘अमेरिकाले गैरकानुनी रूपमा अन्य देशको हवाई क्षेत्रमा प्रवेश गर्नु असामान्य होइन।’

गत वर्ष मात्रै चिनियाँ अधिकारीहरूको स्वीकृतिबिना अमेरिकी बेलुनहरू १० पटकभन्दा बढी चीनमा अवैध रूपमा उडाइएको आरोप उनले लगाए। 

प्रवक्ताले भने, ‘चीनको बदनाम गर्नु र आरोप लगाउनुको सट्टा अमेरिकी पक्षले केही आत्मचिन्तन गर्नुपर्छ।’ बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad