राजनीति


संयन्त्रको बैठकपछि लिङ्देनले भने : राष्ट्रपतिबारे सत्ता साझेदार दलबीच मतभेद छैन

संयन्त्रको बैठकपछि लिङ्देनले भने : राष्ट्रपतिबारे सत्ता साझेदार दलबीच मतभेद छैन

फाइल तस्बिर


नेपालखबर
माघ २९, २०७९ आइतबार १२:२, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सकिएको छ।

बैठकमा पुस ११ गते गठित गठबन्धन सरकारको काम कारबाहीबारे गम्भीर समीक्षा भएको जानकारी उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले दिएका छन्।

'बैठकमा अहिलेसम्म सरकारले गरेका काम कारबाहीबारे समीक्षा भयो। कहाँ कहाँ कमजोरी भए? त्यसलाई सच्याएर लैजाने कुरा भयो', उनले भने, 'केही असमझदारी भएमा नियमित रुपमा भेटघाट बढाएरर मिलाउँदै लैजाने कुरा भएको छ।'

लिङ्देनले राष्ट्रपति निर्वाचनबारे बाहिर आएका कुराहरु भ्रमपूर्ण रहेको पनि बताएका छन्। 'राष्ट्रपतिबारेमा बाहिर आएका कुराहरु भ्रमपूर्ण छन्', उनले भने, 'यो सरकार निर्माणका क्रममा जुन सहमति गरेका थियौँ, त्यसमा कुनै बिमत्ति छैन। त्यस सहमतिमा परिवर्तन गर्नुपर्यो भने पनि छलफलबाटै हुन्छ।'

उनले राष्ट्रपतिलाई लिएर बाहिर आए जस्तो कुनै मतभेद नरहेको दोहोर्‍याए।

'सत्ता साझेदार दलहरुबीच राष्ट्रपतिलाई लिएर मतभेद छैन', उनले भने, 'पहिले जे सहमति भएको त्यसमा हामी कायमै छौँ, नयाँ निर्णय गर्नुपरे थप छलफल हुनेछ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad