राजनीति


बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

नेपालखबर
माघ २९, २०७९ आइतबार ९:३८, काठमाडौँ

सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरअघि बैठक सुरु भएको हो। 

राष्ट्रपति, उपराष्ट्रपति चुनावबारे सत्ता साझेदार दलबीच एउटै धारणा बनाउन  संयन्त्रको बैठक बस्न लागेको बताइएको छ।

यसअघि शुक्रबार पनि संयन्त्रको बैठक बसेको  थियो। जसमा नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी  र जसपा उपस्थित भएनन्। आज पनि यी तीन वटै दल संयन्त्रको बैठकमा सहभागी भएका छैनन्।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी छन्।

आगामी फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपतिको चुनाव हुँदै छ। सत्ता साझेदार दलबीच नै राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा एकमत भइसकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad