ad ad

राजनीति


मानवता ठूलो लाग्छ भने राजनीति उच्चतम कदम हो : गगन थापा

मानवता ठूलो लाग्छ भने राजनीति उच्चतम कदम हो : गगन थापा

फाइल।


नेपालखबर
माघ २८, २०७९ शनिबार २१:२५, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले खेलकुदको विकासका लागि स्थानीय सरकारले आवश्यक पहल गर्नुपर्ने बताएका छन्। 

शनिवार गोदावरी नगरपालिकाद्वारा आयोजित कृष्णप्रसाद भट्टराई खेलकुद
महोत्सव–२०७९, दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले स्थानीय सरकारसँगै राम्रोसँग निजी क्षेत्रले सहयोग र साथ दिएमा

खेलकुदको विकास हुन समय नलाग्ने बताए। उनले नेपालमा खेलकुदमा पनि
जीवन छ भनेर भन्न लायक बनाउनुपर्ने बताए।

‘नेपालको राजनीतिमा राजनीति पेशा होइन, राजनीति सेवा हो। कसैलाई पनि मानवता एकदमै ठूलो लाग्छ भने त्यसको लागि राजनीति उच्चतम कदम हो’, उनले भने, ‘बोलेको कुरालाई व्यवहारमा उतार्ने कुरा मुख्य हो। नेपालको राजनीतिमा कृष्णप्रसाद भट्टराईलाई कसैसँग तुलना गर्न मिल्दैन। यस्तो व्यक्तिलाई सम्झिएर यत्रो जीवनीका बारेमा नयाँ जेनेरेशनको व्यक्तिहरुलाई बुझाउन जरुरी छ।’

स्थानीय सरकारले आफूले खेलकुदको विकासका लागि ५ वर्षमा गर्नसक्ने योजना बनाएर नै खेलको विकास गर्न जरुरी रहेको बताए।

उनले राजनीति पेशा नभइ सेवा भएकाले कसैलाई पनि मानवता ठूलो लाग्ने व्यक्तिले राजनीति गर्नु सबैभन्दा उचित हुने बताए। 

‘कृष्णप्रसाद भट्टराई जस्तो मानिसको बारेमा नयाँ जेनेरेशनको बारेमा बुझाउन जरुरी छ। त्यो पनि खेलको मार्फतबाट। स्थानीय सरकार यसमा लागेको छ यो एकदमै राम्रो हो’, उनले भने, ‘हाम्रो स्थानीय सरकारले नै यस्ता खेलकुदको विकासका लागि कुरा उठाउनुपर्छ। स्थानीय सरकारसँग ५ वर्षमा के गर्छु भन्ने योजना बनाउनुपर्छ। स्थानीय सरकारसँगै राम्रोसँग निजी क्षेत्रले सहयोग गर्नुपर्छ। अहिलेको सहयोगले मात्रै पुग्दैन।’

महामन्त्री थापाले आफ्ने खेलाडी बन्ने सपना रहेको सुनाउँदै दशरथ रंगशालामा गोल हानेपछि पहिलो पटक पत्रिकामा आफ्नो नाम छापिएको स्मरण गरे।

‘खेलकुदमा करियर सम्भव छ, मेरो सपना फुटबल खेलाडी बन्ने थियो। मेरो पहिलो पटक पत्रिकामा नाम आएको फुटबल खेलमा गोल हानेर हो। खेलकुद विकास गर्न स्थानीय तह पनि लाग्नुपर्छ। स्थानीय सरकारसँग ५ वर्षको सोचाइ बनाउनुपर्छ। अब हामीलाई निजी क्षेत्रले पनि
खलेकुदमा उत्कृष्ट सहभागिता हुनुपर्छ। खेलकुदमा करियर सम्भव छ।’

साथै, उनले खेलकुदको माध्यमबाट स्व।कृष्णप्रसाद भट्टराई जस्ता नेताहरुको बारेमा नयाँ पुस्तालाई बताउन जरुरी रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .