ad ad

राजनीति


पार्टीमा प्रचण्डको ब्रिफिङ : चौतर्फी घेराबन्दी र षड्यन्त्र चिरेर सरकारको नेतृत्व लियौँ

पार्टीमा प्रचण्डको ब्रिफिङ : चौतर्फी घेराबन्दी र षड्यन्त्र चिरेर सरकारको नेतृत्व लियौँ

फाइल तस्बिर


नेपालखबर
माघ २६, २०७९ बिहिबार १२:१९, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चौतर्फी घेराबन्दी, राजनीतिक दाउपेच र षडयन्त्रलाई छिचोल्दै सरकारको नेतृत्व लिन सफल भएको बताएका छन्।

काठमाडौंमा बसेको स्थायी समिति बैठकमा समसामयिक राजनीतिबारे ब्रिफिङ गर्दै प्रचण्डले यस्तो बताएका हुन्। 

पार्टी निर्णयबारे जानकारी गराउन जारी गरिएको आन्तिक परिपत्रमा प्रचण्डले गरेको ब्रिफिङको सार उल्लेख गरिएको छ।

गम्भीर चुनौती र अवसरबीच आफूहरु सरकार सञ्चालनको अवस्थामा पुगेको पनि उनले बैठकमा ब्रिफिङ गरेका छन्। 

अझै पनि प्रतिगमकारी शक्तिहरुबाट विभिन्न भ्रम जालझेल, षड्यन्त्र र गणतन्त्र र संघीयता विरोधी विभिन्न आवाज आउन थालेको उल्लेख गर्दै प्रचण्डले उपलब्धि प्राप्त गर्न क्रियाशील रहनुपर्ने आवश्यक्ता रहेको उल्लेख गरेका छन्। 

ब्रिफिङको सार
–चौतफी घेराबन्दी, विभिन्न राजनैतिक दाउपेच र षड्यन्त्रलाई छिचोल्दै हाम्रो पार्टीको नेतृत्वमा सरकार निर्माण गर्न सफल भएको। यसले समग्र पार्टी र आम जनसमुदायमा सकारात्मक प्रभाव पारेको।

–हामी यतिबेला गम्भीर चुनौती र महान् अवसरका बीचमा आइपुगेका छौँ। प्राप्त भएको महान् अवसरले पार्टी पुनः निर्माणको बलियो आधार बनेकाले सिङ्गो पार्टीपंक्ति एकढिक्का भएर जनस्तरका समस्याहरु समाधान गर्दै पार्टी पुनरनिर्माण र सबै तहका सरकारलाई सफल तुल्याउन दृढतापूर्वक लाग्न जरुरी रहेको।

–सरकारका तर्फबाट पेश गरिएको साझा न्यूनतम् कार्यक्रम, संसदमा सम्माननीय प्रधानमन्त्रीको पहिलो सम्बोधन र विश्वासको मत लिँदा गरिएको सम्बोधनले सरकार राष्ट्र, राष्ट्रियता, सुशासन, तीव्र आर्थिक विकास र समृद्धिप्रति प्रतिवद्ध छ भन्ने कुरा जनस्तरसम्म विश्वास पैदा हुँदै गएको र विश्वासको मतसम्म आउँदा राष्ट्रिय सहमति बन्न सक्ने आधार तय भएको।

–अझै पनि हाम्रो पार्टीप्रति प्रतिगमकारी शक्तिहरुबाट विभिन्न भ्रम जालझेल, षड्यन्त्र र गणतन्त्र र संघीयता विरोधी विभिन्न आवाजहरु आउन थालेको पृष्ठभूमिमा त्यस प्रकारका गलत एवं निन्दनीय हर्कतप्रति पार्टीपंक्ति सचेत रहँदै जनस्तरमा बहस छलफल चलाएर प्राप्त उपलब्धीको रक्षा गर्दै थप उपलब्धी प्राप्त गर्न क्रियाशिल रहन पर्ने आवश्कता महसुस भएको।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .