ad ad

राजनीति


कांग्रेसका पूर्वसांसद कर्मा घलेको निधन

कांग्रेसका पूर्वसांसद कर्मा घलेको निधन

नेपालखबर
माघ २४, २०७९ मंगलबार १७:२७, काठमाडौँ

नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद कर्मा घलेको मंगलबार निधन भएको छ।

लामो समयदेखि क्यान्सरसँग जुधिरहेका घलेको ५९ वर्षको उमेरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो।

उनी २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सांसद बनेका थिए। 

मनाङका घले हाल कांग्रेस महासमिति सदस्यको भूमिकामा थिए।

उनको निधनपछि कांग्रेस संसदीय दलले शोक वक्तव्य निकालेको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .