नेकपा एमालेका महासचिव शंखर पोखरेलले राष्ट्रपति चयनमा एमालेलाई नै समर्थन गरे राष्ट्रिय सहमित हुने बताएका छन्।
राष्ट्रिय युवा संघ नेपालको तेस्रो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्न शुक्रबार हेटौंडा आइपुगेका महासचिव पोखरेलले सञ्चारकर्मीसँग कुरा गर्दै अन्य दललाई ल्याएर राष्ट्रिय सहमतिमा राष्ट्रपति पाउने सम्भावना नै नरहेको बताएका हुन्।
सत्ता पक्षलाई प्रतिपक्षले समर्थन गरे मात्रै सहमति हुने महासचिव पोखरेलको भनाइ रहेको थियो।
‘हिजोको दिनमा राजनीतिक दलहरुसँग जे सहमति भएको छ। त्यो सहमतिमा कायम रहनुपर्छ भन्ने मान्यताको पक्षमा छौं। राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ छलफल गरेर निर्णय गर्ने भन्ने हिजो निर्णय गरेको छ। त्यो सकारात्मक छ। छलफल गरेर हामी एउटा सकारात्क निचोडमा पुग्छौं’ उनले भने।
एमालेकै राष्ट्रपति हुने बताउँदै उनले भने, ‘एमालेको राष्ट्रपतिमा उम्मेदवार हुन्छ। त्यसलाई अन्य प्रतिपक्षी दलले साथ दिए राष्ट्रिय सहमति पनि हुन्छ।’
प्रतिक्रिया