नेकपा माओवादी केन्द्रले रवि लामिछानेको नागरिकताबारे सर्वोच्च अदालतले शुक्रबार गरेको फैसलाको पूर्णपाठ नआएसम्म उनलाई गृहमन्त्रालय नदिने निष्कर्ष निकालेको छ।
‘अदालतको फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे थप निर्णय हुँदैन, प्रधानमन्त्रीसँगै रहन्छ,’ उपाध्यक्ष कृष्णबहादुर महराले बैठकपछि पेरिस डाँडामा भने।
महराले प्रधानमन्त्री प्रचण्डले पनि पदाधिकारी बैठकमा सर्वोच्चको फैसालको पूर्णपाठ नआएसम्म गृह आफैंले राख्ने बताएको बताए ।
पेरिस डाँडामा बसेको पदाधिकारी बैठकमा गृहमन्त्रालय, राष्ट्रपति निर्वाचन र अन्य समसामयिक विषयमा छलफल भएको उनले बताएका छन्।
माघ १७, २०७९, मंगलबार
प्रतिक्रिया