सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरुए भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक राखेका हुन्।
बुधबार सोमबार अपरान्ह साढे ४ बजेदेखि मन्त्रिपरिषद् बैठक बसिरहेको छ। बैठकका एजेन्डाबारे केही खुलिसकेको छैन।
तर यो बैठकले केही सहसचिवहरुको सरुवा गर्न सक्ने सम्भावना छ।
अर्कातिर गत शुक्रबार सर्वोच्चको आदेशपछि रवि लामिछानेले राजीनामा दिएकाले गृहमन्त्रालय खाली छ।
गृहमन्त्रालयलाई लिएर प्रधानमन्त्री प्रचण्डले निर्णय लिन सकेका छैनन्। यस्तोमा यसबारे मन्त्रिपरिषद्का कुरा हुन सक्ने अनुमान छ।
प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई नदिइ आफैं राख्ने मनस्थिति बनाएका छन्।
तर सम्भावित गृहमन्त्रीबारे नेकपा माओवादी केन्द्रमा पनि औपचारिक कुरा भइसकेको छैन।
सोमबारको पदाधिकारी बैठकपछि माओवादी प्रवक्ता एवम् उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्री चयनको जिम्मा प्रचण्डलाई नै दिएको बताएका छन्।
यद्यपि यो बैठकबाट प्रचण्डले नयाँ गृहमन्त्री नियुक्तिको निर्णय लिने सम्भावना भने छैन।
प्रतिक्रिया