ad ad

राजनीति


जसपानिकट विद्यार्थी संगठनद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण

जसपानिकट विद्यार्थी संगठनद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण

नेपालखबर
माघ १५, २०७९ आइतबार ९:४७, काठमाडौँ

जनता समाजवादी पार्टी, नेपाल सम्बद्ध विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत गर्नुपर्ने माग राखी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण गराएको छ। 

शनिबार समाजवादी विद्यार्थी युनियनका प्रतिनिधिहरुको टोलीले प्रधानमन्त्रीलाई भेटी ध्यानाकर्षण पत्र बुझाएको हो। 

‘हाम्रो संगठन र त्रिबिबीचमा भएको सहमति अनुसार पूर्ण समानपातिक निर्वाचन प्रणालीमार्फत  तोकिएकै मितिमा निर्वाचन गराउनका लागि त्रिबि कुलपति समेत रहनु भएका सम्माननीय प्रधानमन्त्री समक्ष ध्यानाकर्षण सहित जोडदार माग गर्दछौं,’ प्रधानमन्त्रीलाई बुझाएको पत्रमा भनिएको छ। 

संगठनले स्वतन्त्र विद्यार्थी यनियनको निर्वाचन गराउन त्रिविले देखाएको सक्रियतालाई सकारात्मक रुपमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .