कांग्रेस इतर समूहको भोलि (मंगलबार) विहान बस्ने भनिएको बैठक स्थगित भएको छ।
विहान ८ बजे बत्तिसपुतलीमा बस्ने भनिएको बैठक स्थगित भएको नेता जगदिश्वरनरसिंह केसीले जानकारी दिए।
डा. शेखर कोइरालाको सचिवालयले नेताहरुलाई म्यासेज गरेर बैठक स्थगन गरिएको सूचना दिइएको उनले बताए।
इतर समूहको हिजोबाट समूहको बैठक सुरु भएको थियो। बैठक स्थगीतको कारण बारे केही खुलाएको छैन।
‘भोलिको बैठक स्थगित भनेको छ। अरु केही भनिएको छैन। कहिले बस्ने पनि जानकारी गराइएको छैन’ केसीले भने।
72
Shares

प्रतिक्रिया