ad ad

राजनीति


प्रधानमन्त्री भेट्न बालुवाटार पुगे सुदूरपश्चिमका मुख्यमन्त्री, बधाई साटासाट

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे सुदूरपश्चिमका मुख्यमन्त्री, बधाई साटासाट

नेपालखबर
माघ ९, २०७९ सोमबार ९:२५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलबीच भेटवार्ता भएको छ। 

प्रधानमन्त्री प्रचण्डलाई भेट्न मुख्यमन्त्री रावल सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए। 

उनीहरुबीच बधाई तथा शुभकामना आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। मुख्यमन्त्री रावललाई विश्वासको मत जुटाउन सकस परेको छ। 

२७ पुसमा नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावल माओवादी, राप्रपा र नागरिक उन्मुक्तिको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। माघ २७ भित्र मुख्यमन्त्री रावलले प्रदेश सभामा बहुमत सिद्ध गर्न सक्नु पर्छ।

तर नागरिक उन्मुक्ति पार्टीको अडानले मुख्यमन्त्री रावललाई विश्वासको मत जुटाउन सकस परेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .