राजनीति


चित्रबहादुर केसीलाई विपक्षी दलको नेता बनाउन संसद सचिवालयमा प्रस्ताव दर्ता

चित्रबहादुर केसीलाई विपक्षी दलको नेता बनाउन संसद सचिवालयमा प्रस्ताव दर्ता

नेपालखबर
माघ ५, २०७९ बिहिबार १६:४९, काठमाडौँ

राष्ट्रिय जनमोर्चाले विपक्षी दलको नेतामा दाबी गर्दै संसद सचिवालयमा प्रस्ताव दर्ता गरेको छ। 

जनमोर्चाले पार्टी अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीलाई विपक्षी दलको नेता बनाउन दाबीसहित बिहीबार प्रस्ताव दर्ता गरेको महासचिव मनोज भट्टले जानकारी दिए।

गत पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसद भित्रका १० वटा दलले विश्वासको मत दिएका थिए भने राष्ट्रिय जनमोर्चा र नेमकिपाले विपक्षमा मत दिएका थिए। 

‘संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ ले मन्त्रिपरिषद गठन गर्ने वा मन्त्रिपरिषद गठन गर्न समर्थन गर्ने दलबाहेकका दलले मात्र विपक्षी दलको नेतामा दावी गर्ने अधिकार राख्दछ’ भट्टले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेकपा माओवादी सहितकाले राष्ट्रपति कहाँ सरकार गठनका लागि दलीय समर्थन बुझाएको र त्यस आधारमा विश्वासको मत समेत संसदबाट सत्ता गठबन्धनले दिनुका साथै नेकाले समेत दलीय आधारमा नै माओवादी नेतृत्वको गठबन्धन सरकारलाई संसदमा विश्वासको मत दिई समर्थन गरेको हुनाले कानुनी रुपमा नेकाले विपक्षी दलको हैसियत प्राप्त गर्न सक्दैन।’

बिहीबार नेमकिपाका सांसद प्रेम सुवालले पनि नेपाली कांग्रेसले विपक्षी दलको हैसियत गुमाएको भन्दै नेमकिपालाई विपक्षी दलको हैसियत दिन माग गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad