राजनीति


ईश्वरी न्यौपाने सभामुखका लागि योग्य पात्र : प्रकाश ज्वाला

ईश्वरी न्यौपाने सभामुखका लागि योग्य पात्र : प्रकाश ज्वाला

संसदमा बोल्दै एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला। तस्बिर : सरोज बैजु्/नेपालखबर


नेपालखबर
माघ ५, २०७९ बिहिबार १२:४४, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सभामुख पदका लागि ईश्वरीदेवी न्यौपाने योग्य पात्र भएको बताएका छन्। 

बिहीवार प्रतिनिधि सभाको बैठकमा न्यौपानेको पक्षमा पार्टी रहने भन्दै समर्थनमा उनले न्यौपानेलाई सबै दलहरुले मत दिएर जिताउनुपर्ने बताए। 

ज्वालाले प्रधानमन्त्री पुष्पकमल दाहालले झैँ कांग्रेसबाट सभामुख उम्मेदवार न्यौपानेलाई सर्वसम्मत जिताउनुपर्ने बताए। 
उनले संसदले न्यौपानेलाई जिताए सभाले खोजेको सभामुख पाउने बताएका छन्। 

‘सभामुख पदका उम्मेदवार प्रतिनिधि सभा सदस्य ईश्वरीदेवी न्यौपाने सभामुखको लागि सक्षम, योग्य हुनुहुन्छ। हामीले उहाँलाई समर्थन गर्नेछौँ। अब यो सभाले आफ्नो नेता पाउनेछ। आफ्नो नेता चयन गर्दा मान्य सदस्यहरुलाई दलीय आग्रह भन्दा माथि उठेर सक्षम नेतृत्व चयन गर्नुहुनेछ', उनले भने, 'उहाँले राम्रो र सशक्त भूमिका निर्वाह गर्नुभएको छ, सभामुख पदका लागि ईश्वरीजी सबैभन्दा योग्य व्यक्ति हुनुहुन्छ। साँच्चिकै राष्ट्रय सहमतिमा लैजाने हो भने उहाँले प्रधानमन्त्रीले जस्तै विश्वासको मत पाउनुहुनेछ। कमसेकम प्रधानमन्त्रीको पार्टीले भने पनि मत दिनेछ। सभामुख महिला किन नबनाउने भन्ने कुरालाई सोच्नुपर्छ।’

राष्ट्रिय सहमतिको हिसावले जाने हो भने उम्मेवार न्यौपानेलाई जिताउनुपर्ने र प्रधानमन्त्रीको पार्टीले अवश्य नै न्यौपानेलाई मत हाल्लने विश्वास लिएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad