राजनीति


नवनियुक्त ऊर्जामन्त्री लिङ्देन भन्छन् : ५ वर्षे ऊर्जा नीति बनाएर काम गर्छु

नवनियुक्त ऊर्जामन्त्री लिङ्देन भन्छन् : ५ वर्षे ऊर्जा नीति बनाएर काम गर्छु

नेपालखबर
माघ ३, २०७९ मंगलबार १५:३८, काठमाडौँ

नवनियुक्त उपप्रधान एवम् ऊर्जा, सिँचाई तथा जलस्रोतमन्त्री राजेन्द्र लिङ्देनले पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गर्ने क्रममा उनले ५ वर्षे नीति बनाएर काम गर्ने बताएका छन्।

उपप्रधानमन्त्री पदको शपथ लिएलगत्तै पशुपतिनाथको दर्शन गरेर उनले सिंहदरवारस्थित आफ्नो कार्यकक्षमा मंगलवार दिउँसो पदभार ग्रहण हुन्।  

५ वर्षे नीति बनाउन कार्यदल गठन गर्ने उनले पहिलो निर्णय समेत गरे। उनले ऊर्जा, जलस्रोत र सिँचाई क्षेत्रको आवश्यकता र प्राथमिकता निर्धारण गर्नका लागि तीन सदस्यीय कार्यदल बनाउने पहिलो निर्णय गरेका हुन्।

विगतका कामको अनुभवको अध्ययन गर्दै मुलुकको आवश्यकता र प्राथमिकताको आधारमा मन्त्रालयको कार्य सम्पादन गर्न आफूले ऊर्जा, जलस्रोत र सिँचाई क्षेत्रको पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्न सो कार्यदल बनाउने पहिलो निर्णय गरेको उपप्रधानमन्त्री लिङ्देनले बताए।  

उनले भने, ‘हामीले यो मन्त्रालय अन्तर्गत हुने कामहरुको बारेमा योजनाबद्ध ढंगले कामलाई अगाडि बढाउनका लागि विगतमा भएका कामहरुको अनुभव समेतलाई ध्यानमा राखेर ती सबैलाई अध्ययन गर्दै आगामी ५ वर्षमा ऊर्जा, जलस्रोत र सिंचाईको क्षेत्रमा हामीले योजनावद्ध ढंगले प्राथमिकतामा राखेर गर्नुपर्ने कामहरु के के हुन् र, कसरी हामी अगाडि जान सक्छौँ? हाम्रो आवश्यकता र प्राथमिकताहरु निर्धारण गर्न र पाँच वर्षे एउटा रणनीतिक योजना बनाउनका लागि एउटा कार्यदल बनाउने निर्णय अहिले गरेका छौँ।’

मन्त्रालयकै सहसचिवको नेतृत्वमा कार्यदल हुने छ। योजनाबद्ध ढंगले काम गरियो भने मात्रै त्यसले ठोस परिणाम प्राप्त गर्न सक्ने उनले बताए। 

एउटा योजना र रणनीति निर्माण गर्न यो काम उपयुक्त हुन्छ भनेर कार्यदल गठन गरेको उनको भनाई छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .