ad ad

राजनीति


पर्यटनमन्त्री किराँतीको पहिलो निर्णय : कर्मचारी कटौती

पर्यटनमन्त्री किराँतीको पहिलो निर्णय : कर्मचारी कटौती

नेपालखबर
माघ ३, २०७९ मंगलबार १५:०, काठमाडौँ

पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले कर्मचारी कटौती गर्ने पहिलो निर्णय गरेका छन्। 

मंगलबार मन्त्रालयमा पदबहाली गर्दै किराँतीले खादा नलगाउने र पर्यटन मन्त्रालयका कर्मचारी कटौती गर्ने पहिलो निर्णय गरेका हुन्।

उनले सगरमाथा, लुम्बिनी र पशुपतिमा पर्यटक भित्राउन प्रवर्द्धन गर्ने बताएका छन्।

‘सगरमाथा, लुम्बिनी र पशुपति हाम्रा सम्पदा हुन्। विश्वमा कसैले पनि यसलाई फोटोकपी गर्न सक्दैन’, उनले भने।

त्यस्तै उनले काम गर्ने सिलसिलामा आफ्नालाई भन्दा राम्रालाई हेर्ने बताए।  

उनले भने, ‘परिवार र नातागोताको आधारमा कुनै पनि काम गर्नेछैन। धर्म र जातको आधारमा कसैलाई पनि भेदभाव गर्नेछैन। मलाई परिणाम चाहिन्छ। काम गर्नुपर्‍यो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .