राजनीति


वन र महिला मन्त्रालय मात्रै दिने भनेपछि जसपा रुष्ट

वन र महिला मन्त्रालय मात्रै दिने भनेपछि जसपा रुष्ट

नेपालखबर
माघ ३, २०७९ मंगलबार ११:४४, काठमाडौँ

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्दैछन्। सत्ता गठबन्धनमा रहेका दलहरुले आआफ्ना मन्त्री टुंगो लगाइसकेका छन्। 

तर, गठबन्धनको एक सदस्य जनता समाजवादी पार्टीले भने भागबण्डामा असन्तुष्टि जनाएको छ। जसका कारण सो पार्टीले सरकारमा नजाने चेतावनी दिएको छ।

आफूहरुलाई प्रस्ताव गरिएको मन्त्रालय र संख्या दुवैमा चित्त नबुझेको जसपा संसदीय दलका नेता रामसहाय यादवले बताए।

‘हिजोको बैठकमा हाम्रो अध्यक्ष उपेन्द्र यादव जानुभएको थियो। संयन्त्रमा जुन सहमति भएको छ, त्यसमा पुनर्विचार गर्न भनेका छौँ,’ उनले भने, ‘हामीलाई उहाँहरुले प्रस्ताव गरेको संख्यामा पनि चित्त बुझेन, मन्त्रालयमा पनि चित्त बुझेन।’

‘संख्या दुई, त्यो पनि महिला र वन मात्र भन्ने कुरा आयो। त्यसमा हाम्रो असहमति रह्यो,’ उनले भने। 

अब सरकारमा जानेनजानेबारे पार्टीमा छलफल गरेर निर्णय लिइने उनको भनाइ छ। आज भने शपथमा जाने सम्भावना नदेखिएको उनले बताए। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .