ad ad

राजनीति


ऊर्जामन्त्रीमा राजेन्द्र लिङ्देन, राप्रपाबाट को-को बन्दैछन् मन्त्री?

ऊर्जामन्त्रीमा राजेन्द्र लिङ्देन, राप्रपाबाट को-को बन्दैछन् मन्त्री?

फाइल।


नेपालखबर
माघ ३, २०७९ मंगलबार ८:८, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मन्त्रीहरुको नाम टुंगो लगाएको छ। सोमबार अबेरसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले मन्त्रालय भागवण्डामा सहमति जुटाएका थिए। 

सहमति अनुसार राप्रपालाई उपप्रधानमन्त्रीसहित तीनवटा मन्त्रालय पाउने भएको छ। राप्रपाका एक पदाधिकारीका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देन ऊर्जा तथा सिंचाई मन्त्री हुने भएका छन्। 

साथमा शहरी विकास र खेलकुद मन्त्रालय राप्रपाको भागमा परेको छ। शहरी विकास मन्त्री ध्रुबबहादुर प्रधान बन्ने भएका छन्।

त्यस्तै, शहरी विकास राज्यमन्त्रीमा दीपकबहादुर सिंहलाई नियुक्त गर्ने तयारी रहेको स्रोतले दाबी गरेको छ। 

युवा तथा खेलकुदमा विक्रम पाण्डे र धवलशम्शेर राणामध्ये एकजना पठाउने तयारी रहेको राप्रपाका एक पदाधिकारीले नेपालखबरलाई जानकारी दिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार दिउँसो मन्त्रिपरिषद विस्तार गर्दैछन्। प्रतिनिधि सभामा राप्रपाबाट १४ जना सांसद छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .