ग्लोबल


भारतको जोशीमठमा जमिन धसिएर चर्किएका भवनको संख्या साढे ८ सय पुग्यो

२३७ परिवारका ८ सय जनालाई सुरक्षित स्थानमा सारियो
भारतको जोशीमठमा जमिन धसिएर चर्किएका भवनको संख्या साढे ८ सय पुग्यो

नेपालखबर
माघ ३, २०७९ मंगलबार ८:८, काठमाडौँ

भारतको जोशीमठमा जमिन धसिएर चर्किएको भवनको संख्या ८ सय ४९ पुगेको छ। जसमध्ये १ सय ६५ घर ‘डेन्जर जोन’मा छन्।मानिसहरूलाई सुरक्षित अस्थायी राहत केन्द्रमा सार्ने काम भइरहेको छ भने दुईवटा होटल भत्काउने काम पनि भइरहेको बीबीसी हिन्दीले जनाएको छ। 

जिल्ला प्रशासनले अहिलेसम्म २ सय ३७ परिवारका ८ सय जनालाई सुरक्षित स्थानमा सारिसकेको छ। 

समाचार एजेन्सी पीटीआईले अधिकारीहरूलाई उद्धृत गर्दै ८३ ठाउँमा ६ सय १५ कोठाको व्यवस्था गरिएको बताएको छ। यसबाहेक पीपलकोटका २० वटा भवनमा ४ हजार १ सय ९१ कोठालाई अस्थायी टहरा बनाइएको छ। केही समयदेखि उत्तराखण्डका जनताले आफ्नो घर जमिनमा धसिँदै गएको र चर्किएको जानकारी गराइरहेका छन्। त्यसयता भवन चर्किने क्रम बढ्दै गएपछि यो सम्पूर्ण क्षेत्रलाई ‘सिंकिङ जोन’ भनियो। र, सरकारले सहर खाली गर्ने निर्णय गर्‍यो। 

जोशीमठ संकट समाधानका लागि केन्द्रदेखि प्रदेश सरकारसम्मका संघ–संस्थाले पहल गरिरहेका छन्। मानिसहरूलाई सुरक्षित स्थानमा पुर्‍याइएको छ। यस क्षेत्रमा एनडीआरएफ र एसडीआरएफको टोली तैनाथ गरिएको छ।

त्यहाँको अवस्थाबारे प्रधानमन्त्रीले बैठकसमेत गरिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .