ad ad

राजनीति


गठबन्धनको भागबन्डामा जसपाको असन्तुष्टि, सरकारमा नजाने चेतावनी

गठबन्धनको भागबन्डामा जसपाको असन्तुष्टि, सरकारमा नजाने चेतावनी

नेपालखबर
माघ ३, २०७९ मंगलबार ७:६, काठमाडौँ

सत्तारुढ दलहरुबीच भएको मन्त्रालय बाँडफाँटमा जनता समाजवादी पार्टी (जसपा) ले असन्तुष्टि जनाएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा सोमबार (२ माघ) साँझ अबेरसम्म बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय भागबन्डा टुंग्याएको थियो। 

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका अनुसार दिउँसो १ बजे नयाँ मन्त्रीहरूले शपथको कार्यक्रम तय गरिएको छ।

तर सत्ता गठबन्धनले गरेको भागवण्डाप्रति जसपाको असहमति रहेको र निर्णय पुनर्विचार नभएर आफूहरुसरकारमा सहभागी नहुने चेतावनी समेत दिएको छ। 

‘मन्त्रालय बाँडफाँडमा जसपाको असहमति छ,’ जसपा पार्टी प्रचार विभागले भनेको छ, ‘सत्तागठबन्धनले सोमबार गरेको मन्त्रालय बाँडफाँडमा जनता समाजवादी पार्टी, नेपालको असहमति रहेको छ।’

सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा मंगलबार (३ माघ) बिहान बैठक बसेर निर्णय लिने जसपाका एक सांसदले बताए। ‘निर्णयमा पुनर्विचार नगरिए जसपा सरकारमा सहभागी हुदैन।’ ती सांसद भन्छन्।

जनता समाजवादी पार्टीले पनि उपराष्ट्रपतिमा दाबी थियो तर उपराष्ट्रपति माओवादीले लिएपछि जसपाले बाँडफाँटमा असन्तुष्टि राखेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .