एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बालकोट पुगेका छन्।
सोमबार बिहान ओलीलाई भेट्न प्रचण्ड बालकोट पुगेका हुन्।
अहिले दुई नेताहरूबीच ओली निवासमा भेटवार्ता जारी छ। संसदबाट विश्वासको मत लिएपछि प्रचण्ड दोस्रोपटक बालकोट पुगेका हुन्।
मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल गर्न प्रचण्ड बालकोट पुगेको स्रोतले बताएको छ।
प्रधानमन्त्री प्रचण्डले आइतबार साँझसम्मै मन्त्रिपरिषद् विस्तार भइसक्ने बताएका थिए। यद्यपि यती एयर विमान दुर्घटनापछि प्रचण्डका सबै कार्यक्रम रद्द भएको थियो।
एमाले अध्यक्ष ओलीसँगकै सल्लाहमा प्रचण्डले आफूलाई विश्वासको मत दिने दलहरूको सर्वदलीय बैठक बोलाएका छन्।
99
Shares
प्रतिक्रिया